विधेयक ठूलो कि जनताको पीरमर्का ?

विधेयक ठूलो कि जनताको पीरमर्का ?


काठमाडौँ । संसदमा देखिने गरेको सत्तारुढ र प्रतिपक्षीबीचको एजेण्डा विवाद संसदीय समितिमा पनि देखिन थालेको छ ।  प्रतिनिधिसभा अन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्यक्रम थियो ।

 

समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक केही दिन स्थगित गरेर सांसदहरु बाढी प्रभावित क्षेत्रमा खटिनुपर्ने धारणा राखे ।

 

सांसद अमरेशकुमार सिंहले भने–‘विधेयकभन्दा जनताको पीरमर्का ठूलो भएकाले जनताको पीरमर्का समाधानलाई प्राथमिकतामा राख्नुपर्छ । ’


तर, सत्तारुढ दल नेकपाका सांसदहरुले भने विधेयकहरुलाई बेवास्ता गरेर समिति स्थगित गर्न नहुने जिकिर गरे ।

 

समितिका सदस्यहरु विभाजित भएपछि समितिकी सभापति शशी श्रेष्ठले भनिन्– ‘राहत तथा उद्धारका लागि सांसदहरु बाढी प्रभावित क्षेत्रमा जानसक्नुहुन्छ ।’ 

 

समिति बैठकले विधेयकमाथि संशोधन दर्ता गर्ने सांसदहरुसँग संशोधन दर्ता गर्नुको कारणसहित धारणा लिएको छ । विधेयकमा ८९ जना सांसदले संशोधन दर्ता गराएका छन् ।


 

संम्बधित खबर

विशेष