News

बाढीको कहर : चिउराको भरमा गर्भवती

बाढीको कहर : चिउराको भरमा गर्भवती

रौतहट । उनको पेटमा ५ महिनाको गर्भ छ। यतिबेला स्वास्थ्यको राम्रो ख्याल राख्नु पर्छ। तर बाढीले घर डुबाउँदा उनी भरपेट खान पाएकी छैनन्। दुई दिन भयो, चिउराको भरमा दिन काट्नु परेको। दुई वर्षीया नाबालक छोरीलाई समेत उनले अघाउन्जी खुवाउन सकेकी छैनन्।

उनी अर्थात् २३ वर्षीया गर्भवती सोनादेवी पासवान। सरस्वती माविमा सपरिवार आश्रय लिइरहेकी उनी सोमबार निकै पीडामा भेटिइन्। घरमा पनि पसेपछि खानेकुरा सबै त्यहीँ थुनिए। भाँडाकुँडा र खाद्यान्न भित्रै परेपछि परिवार कसरी बचाउने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ।

'छोरीले तातो भात खान खोजेकी छ, पकाएर ख्वाउन सकिन्छ कि भनेर चुलो बनाउन लागेकी छु' उनले भनिन्। राहतस्वरूप आउने चामलको पर्खाइमा छिन उनी। शुक्रबार राति बाढीले घर भत्किन थालेपछि सन्तोष पासवान ५ वर्षीय छोरा विवेक र २ वर्षीया छोरी रुचिलाई काखमा च्यापरे गर्भवती श्रीमती सेनादेवीसहित बाहिरिए। हतारमा एकसरो लत्ताकपडा पनि निकाल्न पाएनन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

गर्भवती बाढीपहिरो

विशेष