News

३० हजार सुरक्षाकर्मी बाढीडुबान क्षेत्रमा परिचालित

३० हजार सुरक्षाकर्मी बाढीडुबान क्षेत्रमा परिचालित

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट प्रभावित मुलुकका करिब ३१ जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । मनसुन सक्रिय भएसँंगै बिहीबारबाट सुरु भएको वर्षाका कारण ६९ जनाले ज्यान गुमाएका छन् भने ३१ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार ३८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ हजार ५२० घरपरिवार अस्थायी रूपमा विस्थापित भएका छन् । 

 

विपद् प्रभावितहरूको पुनःस्थापना तथा राहत वितरणका लागि करिब ३० हजार सुरक्षाकर्मीसहित नेपाली सेनाको ४ वटा हेलिकप्टर प्रयोग गरिएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित पहाडी जिल्लामा सोमबार दिउँसो मौसम सफा रहनुका साथै तराई–मधेसका जिल्लामा पानीको सतह विस्तारै घट्दै गएको छ ।

सुरक्षाकर्मी डुबानबाट प्रभावित

विशेष