आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण आज मध्यरात १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट सम्म लाग्नेछ । राति ३ बजेर १५ मिनेटमा मध्य हुनेछ । यसबेला चन्द्रमालाई पूरै ढाक्ने छ ।
आकाश सफा भए चन्द्र ग्रहण मुलुकका सबै भू–भागबाट देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो)ले जनाएको छ। सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ।
वैज्ञानिक मूल्य र मान्यता अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी नगर्ने भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तस्वीर साैजन्य : मनिषा द्वा, नेपाल एस्ट्रोनोमिकल सोसाइटी ।