अर्थ News Technology

ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट

ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट


काठमाडौँ । सरकारले ढुवानी साधनको अनुगमन गर्न अनलाईन प्रणाली सुरु गरेको छ । राजश्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणालीको आरम्भ गर्नुभयो । 
 

अर्थमन्त्री खतिवडाले अपारदर्शी एवं अनौपचारिक व्यवसायलाई पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरण गर्न खोजिएको बताउनुभयो । प्रविधिको प्रयोगले ५० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रम रुपान्तरणको एउटा प्रयासमा यो प्रणालीको कार्यान्वयन भएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । 

 

निजी क्षेत्रबाट स्वागत
कार्यक्रममा निजी क्षेत्रले सरकारले थालेको अनलाईन अनुगमन प्रणालीको स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अनलाई अनुगमन प्रणालीबारे स्थानीय तहका व्यवसायी अन्यौल्मा रहेकाले यसलाई अझै सुधार गर्दै लैजानुपर्नेमा पनि जोड दिनुभयो । तीन महिनाको प्रोभिजनल समय अपुग हुने उहाँको भनाइ छ । 

 

उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस प्रणालीले विकासको चरणमा एक पाइला अढि बढेको भन्दै स्वागत गर्नुभयो । यस प्रणालीले ढुवानीलाई सहज एवं सुरक्षित बनाउने बताउनुभयो । 

 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले स्थानीय ढुवानीमा यस प्रणाली उपयुक्त हुन नसक्ने भन्दै शंका व्यक्त गर्नुभयो । 

 

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले हालसम्म यो प्रणालीका लागि ५ हजार जनाले युजर आईडी बनाईसकेको पनि जानकारी दिनुभयो । प्रणालीको प्रयोग गर्न कुनै शुल्क नलाग्ने, सहज एवं विश्वासिलो रहेको बताउनुभयो । स्थानीय व्यवसायीलाई निजी क्षेत्रसँग मिलेर यो प्रणालीबारे अवगत गराउन लागि पर्ने उहाँको भनाइ छ ।  

विशेष