विपन्नको तालिम बजेटबाट कोट सिलाउने हाकिमहरुको नाम पढौं
काठमाडौं । घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले तालिम अनुगमनमा आएका हाकिमहरुले ‘खोइ कस्तो बन्नेरहेछ, हेरौं भन्दै नाप दिएपछि बाध्य भएर कोट सिलाउनु परेको बताए । विपन्नका लागि तालिम दिन आएको कपडाबाट कोट सिलाउने हाकिमहरुः
१. सिडिओ धोलकराज ढकाल
२. सहायक सिडिओ महेशकुमार पोखरेल
३. डिएसपी रामप्रसाद घर्तीमगर
४. सशस्त्र प्रहरी प्रमुख दानबहादुर रावत
५. समन्वय अधिकारी रामप्रसाद अधिकारी
६. सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा
७. कांग्रेसका जिल्ला सभापति जयपति रोकाया
८. कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकाया
आदि रहेको भन्दै आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।