अख्तियार : २ हजार घुस लिनेलाई कर्‍याप्पै, करोडौँ घुस लिने ज्ञावालीलाई छुटैछुट

अख्तियार : २ हजार घुस लिनेलाई कर्‍याप्पै, करोडौँ घुस लिने ज्ञावालीलाई छुटैछुट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ हजारदेखि ५ हजार १० हजार घुस लिने खरिदार, सुब्बालाई पक्राउ गरेको समाचार दैनिक आउने गर्दछ। तर, करोडौँ रुपैयाँ भ्रष्टाचार गर्नेका विरुद्ध परेका उजुरी अख्तियारले तामेलीमा हाली उन्मुक्ति दिने गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवाली त्यस्तै पत्रामध्येका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य हुँदा एनसेलसँग करोडौँ घुस लिएर उसकै हितमा काम गर्दैआएका उनी अहिले कानुन मन्त्रालयबाट नेपाल दूरसञ्चार (टेलिकम)को बोर्ड सदस्य छन्। हिजो नियामक निकाय दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य हुँदा एनसेलको एजेन्ट भएर काम गरेका थिए उनले। तर, आज एनसेलको प्रतिस्पर्धा कम्पनी टेलिकमको बोर्ड सदस्य छन्।

उनले टेलिकमले गरेका व्यापार प्रवर्द्धनका सबै गोप्य सूचना अहिले पनि एनसेलका सतीशलाल आचार्य समूहलाई दिएर करोडौँ लाभ लिइरहेको आरोप छ। कानुन मन्त्रालयका एक अधिकारीका अनुसार दूरसञ्चार प्राधिकरणमा बोर्ड सदस्य भइसकेका सहसचिव ज्ञवालीलाई कानुन मन्त्रालयले टेलिकमको बोर्ड सदस्यमा पठाउँनै नहुने हो। तर, दादागिरी देखाएर उनी टेलिकमको बोर्ड सदस्यका रूपमा कार्यरत छन्। प्राधिकरणको बोर्ड सदस्यको म्याद गत वर्ष सकिनासाथ एनसेलको डिजाइनमा उनी टेलिकमको बोर्ड सदस्य भएका हुन्। यो खबर आजको बुधबार साप्ताहिकबाट लिइएको हो।

एनसेल धनराज ज्ञावली

संम्बधित खबर

विशेष