बाढी प्रभावित क्षेत्रमा पूर्वप्रधानमन्त्रीसहित केन्द्रीय मन्त्रीहरु अनुगमनमा
काठमाडौँ । पछिल्लो दिनमा लगातारको वर्षापछि बाढी र पहिराले पु-याएको क्षतिबारे अवलोकन गर्न संघीय सरकारका विभिन्न मन्त्रीहरु तराइ पुगेका छन् । क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको एक टोली प्रदेश नं.२ पुगेका हुन् ।
बाढी तथा डुबानले र्पुयाएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे टोलीले जानकारी लिनेछ ।
टाेलीमा पूर्वप्रधानमन्त्री माधव नेपाल, गृहमन्त्री रामबहादुर थापा ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का लगायत छन् । टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार बिहान रौतहटको गौरमा पुगेकाे छ ।
गृह मन्त्रालयका अनुसार पछिल्लो दिनको बाढीपहिरोका कारण करिब ७८ जनाको मृत्यु भैसकेको छ ।