News

भगवानको लिला ! पत्नी बितेको एक घण्टामै पतिको मृत्यु

भगवानको लिला ! पत्नी बितेको एक घण्टामै पतिको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा एक दम्पतिको एकै दिन मृत्यु भएको छ। दुवैको एक घण्टाको अन्तरमा मरण भएको हो। श्रीमतीको मृत्यु भएको एक घण्टापछि श्रीमानको पनि मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईको मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। श्रीमतीको शोकमा रहेका ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि श्रीमती शव दाहसंस्कारका लागि लैजान नपाउँदै मृत्युवरण भयो। श्रीमतीको मृत्यु भएको एक घण्टापछि हृदयघात कारण उनको मृत्यु भएको आफन्तले बताएका छन। 

श्रीमान-श्रीमतीको एकैदिन मृत्यु भएपछि स्थानीयले ‘अत्यन्तै राम्रो मरण’ भन्दै शवलाई नगरपरिक्रमा समेत गराए। स्थानीयले खनारदेखि नगर परिक्रममा गराएका थिए।

उनीहरूको इटहरी–४ स्थित बूढीखोलाको दाहसंकार स्थलसम्म एकै चितामा दुवै शवको दाहसंस्कार गरेको छन्।

मृत्यु

विशेष