सेलिब्रेटीको विवाह र डिभोर्स : लहड, रहर कि बाध्यता ?

सेलिब्रेटीको विवाह र डिभोर्स : लहड, रहर कि बाध्यता ?

 

हरि न्याैपाने । 
काठमाडौँ । फिल्मकर्मीको विवाह र डिभोर्स, यो नितान्त व्यक्तिगत मामिला हो । तर सेलीब्रेटीका गतिविधिप्रति मिडियाको नजर संसारभर हुन्छ । नेपालमा पनि हिरोईनहरुको विवाह र डिभोर्सले पटक पटक चर्चा पाउने गरेको छ । बलिउड, हलिउडमा याे पनि  विवाह र डिभाेर्सले  चर्चा पाउने गरेको छ । आज हामीले सिने जगतको विवाह र डिभोर्सको पाटो केलाएका छौँ । 

 

गत फागुनमा मात्रै विवाह गरेकी अभिनेत्री शिल्पा पोखरेलले घरायसी झगडापछि सुरक्षाको माग गर्दै हालै प्रहरी गुहार्न पुगिन् । निर्माता ओझाविरुद्ध प्रहरीमा उजुरी गरेकी  शिल्पा पोखरेलले डिभोर्सका लागि प्रक्रिया थालिसकेको बताएकी छन् । त्यसो त छविराज ओझाको शिल्पा चौथी श्रीमती हुन । यसअघि उनले नेपाली सिने जगत्की चर्चित अर्की अभिनेत्री रेखा थापासँग डिभोर्स लिएका थिए । 

सिने क्षेत्रका चर्चित डिभोर्सहरु 

भुवन केसी - सुस्मिता बमजन
सदावाहर नायक भुवन केसीले पहिली पत्नी विजया मल्लबाट दुई सन्तानपछि सुस्मिता बमजनसँग विवाह गरे । हाल उनी अभिनेत्री जिया केसीसँग लिभिङ रिलेशनमा छन् । 

शिव श्रेष्ठ - गंगा श्रेष्ठ
कुनै समयमा अर्का चर्चित नायक शिव श्रेष्ठले पनि दुई दशक बढीको लामो सम्बन्ध तोडेका थिए । शिवले श्रीमती गंगा श्रेष्ठसँगको सम्बन्ध तोडेर आफ्नै छोरीको उमेरसँगकी युवतीसँग विवाह गरेका थिए । 

रीमा विक - रोबर्ट विक
२०१५ सेप्टेम्बरमा रोबर्ट विकसँग विवाह गरेकी मोडल र अभिनेत्री रीमा विकले डिभोर्स लिइसकेकी छिन् । उनको विवाह दुई वर्ष पनि टिकेन । 

 

प्रियंका कार्की - रोचक मैनाली
अभिनेत्री प्रियंका कार्कीले पनि अमेरिकामा रहेका पूर्वपति रोचक मैनालीसँग डिभोर्स गरेकी थिइन् । अभिनेता आयुष्मान देशराज जोशीसँग ईग्गेजमेन्ट गरिसकेकी उनी बिहेको तयारी भएको बताइएको छ । 
सञ्चिता लुईँटेल - आकाश
अभिनेत्री सञ्चिता लुईँटेल पनि डिभोर्सी हुन् । उनले  पहिलो पतिसँगको डिभोर्सपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् । 

गौरी मल्ल - प्रज्वल भण्डारी
नेपाली सिने जगत्की अर्की चर्चित अभिनेत्री गौरी मल्लले प्रज्वल भण्डारीसँग वैवाहिक जीवन टुंग्याईन् । हाल उनी एक टेलिभिजन कार्यक्रममा कार्यक्रम सञ्चालन गरेर बसेकी छिन् । 

मौसमी मल्ल - धनविक्रम मल्ल
कुनै जमानाकी चर्चित अभिनेत्री मौसमी मल्लको पनि वैवाहिक जीवन लामो समयसम्म रहन सकेन । कान्छी चलचित्रबाट अभिनय यात्रा थालेकी मौसमी मल्लले १५वर्षमैँ विवाह गरे पनि ९ वर्षपछि वैवाहिक सम्बन्धबाट अलग भईन । 

अरुणिमा लम्साल - अमित अर्याल
नायिका अरुणिमा लम्सालले व्यापारी अमित अर्यालसँग विवाह गरिन् । तर उनको सम्बन्ध पनि धेरै टिकेन । 


मनिषा कोइराला - सम्राट दाहाल
बलिउडमा ९० को दशकमा निकै चम्किएकी अभिनेत्री मनिषा कोइरालाले आफूभन्दा कान्छा सम्राट दाहालसँग वैवाहिक जीवन जोडिन् तर उनको विवाहले धेरै लामो समय टिक्न सकिनन् । 

प्रसन्न पौडेल - सिम्पल खनाल
निर्देशक प्रसन्न पौडेलले पनि नायिका सिम्पल खनालसँग विवाह गरे । तर उनीहरुको सम्बन्ध पनि धेरै टिकेन उनीहरु अलग भैसकेका छन् । 

झरना बज्राचार्य 
ब्रिटिश नागरिकसँग विवाह गरेकी झरना बज्राचार्यको सम्बन्ध लामो टिक्न सकेन । उनले निर्माता राहुल अग्रवालसँग दोस्रो विवाह गरिन् । 


संगीत क्षेत्र 
अञ्जु पन्त - मनोजराज 
अञ्जु पन्तको विवाह गायक तथा संगीतकार मनोजराजसँगको विवाह सम्बन्ध टुंग्याएकी छिन् । विवाहको १० वर्षपछि उनको सम्बन्ध टुंगिएको हो । 

मिलन अमात्य - मेन्सन अमात्य
गायक मिलन अमात्य र मेन्सन अमात्यको पनि सम्बन्ध धेरै टिक्न सकेन । उनीहरुले पनि डिभोर्स गरेका छन । 

धीरज राई - छुल्दिम डोल्मा 
गायक धीरज राईको फ्यान बनेर धीरजको जीवनमा प्रवेश गरेकी नायिक छुल्ठिम डोल्माको पनि वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । नायिका डोल्मा घरायसी झगडाका कारण सम्बन्ध टिक्न नसकेको बताउँछिन् । 

उदितनारायण झा - रञ्जना झा
औपचारिकरुपमा अस्वीकार गरे पनि रञ्जना झासँग उदित नारायणको विवाह भैसकेको थियो । झा हाल दोस्री श्रीमती दीपानारायण झासँग मुम्बईमा बस्छन् । 

 

किन टिक्दैन हिरो हिरोइनहरु र गायक गायिकाहरुको सम्बन्ध
जानकारहरुका अनुसार ग्ल्यामरस क्षेत्रमा प्रवेश गर्ने हिरो हिरोइनहरु र गायक गायिकाहरु लहडमा प्रेम गर्ने, प्रेममा पर्ने र परिपक्व नभई विवाह गर्ने गर्छन । समयक्रमसँगै उनीहरुमा स्टारडमको भानले छुन्छ अनि अनेकन बहानामा छुट्टिने गर्छन । 

Shilpa POkhrel छविराज ओझा शिल्पा पाेखरेल हिराेइनहरुकाे डिभाेर्स

संम्बधित खबर

विशेष