विदेश

कुख्यात लागुऔषध तस्करलाई जन्मकैदसहित अतिरिक्त ३० वर्ष जेल सजायको फैसला

कुख्यात लागुऔषध तस्करलाई जन्मकैदसहित अतिरिक्त ३० वर्ष जेल सजायको फैसला


काठमाडौँ । अमेरिकाको न्यूयोर्कस्थित एक अदालतले मेक्सिकोका कुख्यात लागूऔषध तस्कर ह्वाकिन ‘एल च्यापो’ गुजम्यानलाई जन्मकैदका साथै अतिरिक्त ३० बर्षे जेल सजायको फैसला गरेको छ । साथै उनले साढे १२ अर्ब डलरभन्दा बढी जरिवाना पनि तिर्नुपर्ने निर्णय गरेको छ ।

 

६२ वर्षीय गुजम्यानलाई १० वटा अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको हो । गुजम्यानले हतियारको अवैध प्रयोगका लागि अतिरिक्त ३० वर्षको जेल सजाय पनि भोग्नुपर्नेछ । 

 

गत फेब्रुअरीमा न्यूयोर्कस्थित अदालतले हत्याको षड्यन्त्र र कयौं टन कोकिन, हिरोइन र गाँजा तस्करीको आरोपमा उनलाई दोषी ठहर गरेको थियो ।

 

अमेरिकाको कानुनअनुसार गिरफ्तारमा आउनुअघि गुजम्यान मेक्सिकोको जेलमा थिए । सन् २०१५ मा उनले जेलमा सुरुङ बनाएर भागेका थिए ।

 

तर, २०१६ मा उनलाई पुनः गिरफ्तार गरेर २०१७ मा अमेरिकामा सुपुर्दगी गरिएको थियो ।

 

उनलाई मेक्सिकोमा आतंक मच्चाउने एउटा हिंस्रक अपराधी समूहका नेताको रुपमा पनि लिइन्छ । (एजेन्सीको सहयोगमा ) 
 

Al chaplo drugs mexico

विशेष