News

यात्रुबस बीच सडकमा पल्टिँदा एकको मृत्यु, २४ घाइते

यात्रुबस बीच सडकमा पल्टिँदा एकको मृत्यु, २४ घाइते

मोरङ : मोरङको पथरी बजारमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ।

पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामामा पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना गम्भीर रहेका छन्।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा कानेपोखरीबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसबीच सडकमा पल्टिएको थियो। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल र केहीलाई विराटनगर लगिएको छ।

ग्रामीण भेगमा चल्ने उक्त बसमा बालबालिका, वृद्ध वृद्धा र महिलासहित ३५ बढी यात्रु रहेको प्रहरीले जनाएको छ।  पिकअपमा चालक मात्रै सवार रहेका थिए।

दुर्घटना

विशेष