एनिमेशन स्टुडियोमा प्रज्वलनशील पदार्थबाट आक्रमण, १० जनाको मृत्यु
जापान । जापानको क्योटो शहरस्थित एक एनिमेशन स्टुडियोमा शंकास्पद प्रज्वलनशील पदार्थको आक्रमणबाट दश जनाको मृत्यु भएको छ । घटनामा ३० जना बढी घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विहीवार विहान एक व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ फ्याँके लगत्तै भवनमा आगलागी भएको थियो ।आक्रमणकारी व्यक्ति पनि आगलागीमा परेको र उसको पनि अस्पतालमा उपचार भैरहेको जनाइएको छ । आक्रमणकारीको उद्देश्यबारे पनि जानकारी नआएको प्रहरीले जनाएको छ ।