जर्मनी दुतावासमा पत्रकार सम्मेलन : करिब १ घण्टे बसाईमा के भयो ? (फोटोफिचर)
काठमाडौँ । संघीय राज्य जर्मनीको बुधबार काठमाडौँस्थित दुतावासमा बुधबार दक्षिण एशियाका क्षेत्रीय आयुक्त मार्कस पोट्जेलले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले जर्मनी बहुपक्षीय लगानीका लागि इच्छुक रहेको भन्दै वातावरण बनाउन आग्रह गरे ।
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न तथा मानवअधिकार, प्रेस स्वतन्त्रतामा कुनै आँच नआउने गरी काम गर्न आग्रह गरे । नेपालका लागि जर्मन राजदूत रोलण्ड स्चाफेरसहित गरिएको पत्रकार सम्मेलन शान्त, सौम्य देखिएको थियो ।
अफगानिस्ताका लागि राजदूतसमेत रहेका पोट्जेलले आफू पहिलो पटक नेपाल आएको जानकारी दिए । दुई दिने नेपाल भ्रमणका क्रममा सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँगको भेटमा भएका विषयबारे पत्रकारहरुलाई जानकारी दिए ।
नेपाल र जर्मनीबीच द्धिदेशीय सम्बन्ध गाँसिएको ६० वर्ष पुगिसकेको छ । जर्मनबाट नेपालमा गतवर्षमात्रै ३७००० पर्यटक भ्रमणका लागि आएका थिए । पोट्जेलले गरेको पत्रकार सम्मेलनका महत्वपूर्ण तस्वीरहरु :
तस्वीरहरु : गगन थापा