News

सरकारको निर्णयलाई चुनौती दिँदै व्यवसायी सडकमा

सरकारको निर्णयलाई चुनौती दिँदै व्यवसायी सडकमा


काठमाडौँ । भेहिकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य गर्न नहुने मागसहित नेपाल राष्ट्रिय व्यवसायी महासंघ प्रदर्शनमा उत्रिएको छ । महासंघले शुक्रबार काठमाडौंको न्यूरोडमा प्रदर्शन गर्यो । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने व्यवसायीको माग छ ।

साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले भेहिकल ट्रयाकिङ सिस्टमको यद्घाटन गरेका थिए । 


राजश्व अनुसन्धान विभागले ३ महिनाको अवधिलाई परीक्षणको अवधि मान्ने बताएको छ । तर व्यवसायीहरुले भने परीक्षणको अवधि एक वर्ष हुनु पर्ने माग राख्दै आएका छन् । सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भए पनि परीक्षणको अवधि एकदमै थोरै भएको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । 


धेरै व्यवसायीहरुको पहुँचमा कम्प्युटर र इन्टरनेटको पहुँच पुग्न अझै केहि समय लाग्ने भन्दै उनले कम्तिमा पनि एक वर्षको अवधि सरकारले दिनु पर्ने उनले बताए । 
 

विशेष