बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

मार्तडी । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कर्णाली करिडोर अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा क १ ज २१ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटका अनुसार दुर्घटनामा परेर जीप चालक कालीकोटका २६ बर्षीय रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ६ का रामवहादुर शाहीको मुत्यु भएको हो ।

 

यस्तै दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइते ११ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारका लागि कोहलपुर लैजान लागिएको डिएसपी भाटले बताए ।  

जीप दुर्घटना बाजुरा

संम्बधित खबर

विशेष