News

'एक्सन'मा नगरप्रमुख सरावगी

'एक्सन'मा नगरप्रमुख सरावगी

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बढीबाट भएको क्षतिलाई पूर्ण व्यवस्थपनको कार्यलाई अगाडि बढाएका छन्। बाढीपीडित बेलवाका ८० मुसहर परिवारलाई बुधबार नगर प्रमुख सरावगीले राहत वितरण गरे। बाढीको कारण बिचलीमा परेका रामऔतार माभी मुकेश माझी, रामनाथ माझी, बिनोद माझीलगायत ८० परिवारलाई चिउरा, चिनी, बिस्कुट, चाउचाउलगायतका राहत सामग्री नगर वितरण गरिएको हो।

त्यसैगरी, महानगरपालिकाको प्राविधिक टोलीसहित बुधबार दिन भरी वडा नम्बर २९, ३० र ३१ मा  बाढीबाट भएको क्षतिको बारेमा नगर प्रमुख सरावगीले स्थलग जानकारी लिए। योजना महाशाखाका प्रमुख अखलाक सिद्धिकि, प्रशासन महाशाखाका अधिकृत सुमन श्रेष्ठ, वडा अध्यक्ष अमानत मिया, धमेन्द्र महतो थारू र चुमन चौधरी एवं राजनीतिक सल्लाहकार मुकेश द्धिवेदी सहितको टालीसग मुसैली, बस्डीलवा, बेलवा प्रसोतीपुर र लालपर्सालगायत उत्तरी क्षेत्रमा भएको क्षतिको पूर्ण व्यवस्थापनको लागि स्थानीयहरूसँग छलफल गर्दै अबिलम्ब बाध निर्माण, कलभर्ट तथा बाटोको मर्मत कार्य सुरु गर्न महानगरपालिका अधिकारीलाई निर्देशनसमेत दिए।

मुसैलीको साधुखोलको पुल  र भेडाहाखोलको बाध निर्माण कार्यलाई तीब्रता दिनुका साथै बाढीले गर्दा गाउँ जोडने बाटोमा भएको क्षतिलाई   अबिलम्ब मर्मत गर्नुका साथै चाहिने ठाउँमा ह्यूम पाइप समेतको व्यवस्थापन गर्न योजना प्रमुख डिभिजन इन्जिनियर अखलाक सिद्धिकि र  अधिकृत सुमन श्रेष्ठ नगर प्रमुख सरावगी निर्देशनसमेत दिए।

वीरगन्ज बाढीपहिरो विजयकुमार सरावगी

विशेष