News

एउटा पुल बन्न १० वर्ष 

एउटा पुल बन्न १० वर्ष 


रोल्पा । रोल्पाको माडी खोलामा एउटा पुल १० वर्षपछि निर्माण सम्पन्न भएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने माडी खोलाको पुल ०६५ सालमा काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभी निर्माण कम्पनीले जिम्मा लिएको थियो ।

 

सडक विभागमार्फत गरिएको ठेक्काबाट पुल निर्माणको जिम्मा पाएको उक्त कम्पनीले दुई पिल्लर ठड्याएर एक करोड भुक्तानी लिएपनि सामान हराएको पुल निर्माण रोकिएको थियो । उक्त कम्पनीका वसन्त दशौदीले राजनीतिक पहुँचका आधारमा निर्माण कार्य अवरुद्ध गरेको भन्दै जिल्लाका राजनीतिक दल, व्यवसायी, सामाजिक संघसंस्थाले सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा दबाब दिएका थिए ।

 

सरकारले दोस्रोपटक गरेको बोलपत्र आह्वानमा १७ महिनाभित्र निर्माण कार्य सक्ने गरी गतवर्ष असार ३१ गते रोल्पाकै एसियाटिक राज जेवी कन्सट्रक्शनले निर्माणको जिम्मा लिएको थियो । भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे पुल ११ महिनामा सम्पन्न भएको हो ।  तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको  पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिए ।


पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ ।

विशेष