विदेश

साउथ प्यासिफिक मुलुकहरुसँग सम्बन्ध विस्तारमा अध्यक्ष ढकाल क्रियाशील 

साउथ प्यासिफिक मुलुकहरुसँग सम्बन्ध विस्तारमा अध्यक्ष ढकाल क्रियाशील 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले साउथ प्याशिफिक क्षेत्रका विभिन्न मुलुकसँगको सम्बन्ध विस्तारमा क्रियाशील भएका छन् । 

नेता ढकालले नेपालदेखि टाढा रहेका तथा खासै कूटनीतिक आदानप्रदान नभइरहेका मुलुकहरुसँग निकटता बढाएका छन्  । फिजी, सामोआलगायतका टापु मुलुकहरुको भ्रमण, जनस्तरका कार्यक्रमहरुलाई सम्बोधन जस्ता क्रियाकलापमा सहभागी भएर अध्यक्ष ढकालले आफ्नो क्रियाशीलता बढाएको उनका स्वकीय सचिव जीतेन्द्र श्रेष्ठले जानकारी दिए । 

केहि दिनअघिमात्र पूर्वमन्त्री ढकालले अस्ट्रेलियाको संसद भवनमा आयोजित ‘वर्तमान समयका चुनौतीहरु र समाधान’ बिषयक बिशेष अन्तरक्रिया कार्यक्रममा नेपालको सफल शान्ति प्रक्रिया विश्व समुदायको लागि एक सकारात्मक संदेश हुने धारणा राखेका थिए ।

त्यसलगत्तै उनले फिजी पुगेर त्यहाँ आयोजित ‘क्षेत्रीय शान्ति र सह–समृद्धि’ विषयक उच्चस्तरीय कार्यक्रममा प्रवचन दिएका थिए । उक्त कार्यक्रममा ५१ सदस्यीय फिजी संसदका १५ जना सांसद, विभिन्न देशका राजदुतहरु तथा नागरिक र सामाजिक र निजी क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो । नेता ढकालले फिजीमा रहदा उच्च स्तरीय भेटघाट पनि गरेका थिए । 

फिजी भ्रमणपछि स्वतन्त्र राष्ट्र सामोआ पुगेका  ढकालले त्यहाँका राष्ट्र प्रमुख अफिओगा टुइमले अलिफनो वालेतोया सुअलौवी द्दितीयसँंग शिष्टाचार भेट गरी रात्रिभोजमा सहभागी भएका थिए । ढकालले सामोआका प्रधानमन्त्री टुइलेप आइओनो सैलेले मालिएलेगोइसंँग प्रधानमन्त्री कार्यालयमा भेटघाट गरेका थिए । सामोआ र नेपाल बीच सन् २०१३ मा कुटनैतिक सम्बन्ध स्थापना भयको थियो । 

गएको मंसिर १४ र १५ मा काठमाडौंमा आयोजित एसिया प्यासिफिक समिटमा समाओका राष्ट्र प्रमुख तथा फिजीका सभामुख सहभागी भएका थिए । 
 

विशेष