दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन
भारतको राजधानी दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको ८१ बर्षको उमेरमा निधन भएको हो ।
दीक्षित कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन्। उनी केन्द्रीय मन्त्री पनि बनेकी थिइन्। उनी कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी थिइन्।