विदेश

भारतमा ट्रक र कार टोक्किँदा एउटै गाउँका ९ जनाको मृत्यु

भारतमा ट्रक र कार टोक्किँदा एउटै गाउँका ९ जनाको मृत्यु

भारतको पुणे-सोलापुर राजमार्गमा शुक्रबार मध्य रात एउटा ट्रक र कार आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। सबै मृतक पुणेको यावत गाउँका बासिन्दा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरू रायगढको भ्रमणबाट गाउँ फर्किँदै थिए।

स्थानीय प्रहरीका अनुसार दुर्घटना राती करीब १ बजे कदम वकवस्ती गाउँको नजिक भएको हो। समाचारहरूमा जनाइएअनुसार कारको ड्राइभरले नियन्त्रण गुमाएर नजिकैको डिभाइर नाघेर कार ट्रकमा जोतिन पुगेको हो।

अक्षय भारत वायकर, विशाल सुभाष यादव, निखिल चंद्रकांत, नूर मुहम्मद अब्बास दैया, परवेज अत्तार, शुभम रामदास भिसे, अक्षय चंद्रकांत घीगे, दत्ता गणेश यादव र जुबेर अजीज मुलानी मृत्यु भएको बनाइएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना

विशेष