News

बालुवाटार जग्गा प्रकरणमा शाेभाकान्तबाट पीडित बनेका खनालकाे घरमा मध्यराति आक्रमण प्रयास

बालुवाटार जग्गा प्रकरणमा शाेभाकान्तबाट पीडित बनेका खनालकाे घरमा मध्यराति आक्रमण प्रयास

काठमाडौँ । ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रमुख योजनाकार मानिएका शोभाकान्त ढकालबाट पीडित एक परिवारको घरमा मध्यरातमा आक्रमणको प्रयास भएको छ ।

डा. चन्द्रकान्त खनालको घरमा मध्यरातमा पुगेको एक समूहले उनको घरको मूलगेट तोडफोडको प्रयास गरेका छन्। उक्त समूहले अगाडिपट्टिको घरमा रहेको सहकारीमा समेत आक्रमण गरी कागजात नष्ट गरेका छन्।

‘हामी बिहान उठ्दा सहकारी तोडफोड भएको रहेछ, हाम्रो गेट फोड्न पटकपटक प्रयास भएको देखियो’ डा. चन्द्रकान्त खनालले कान्तिपुरसित भने, ‘केही मानिसहरुले अलि दिन पहिलेदेखि यो घरको घरबेटी बस्ने कता हो, कताबाट भित्र जाने हो, फोननम्बर चाहियो भनेर वरपर भेटिएकाहरुलाई सोधेका रहेछन्।’

काठमाडौंको महाराजगञ्ज चक्रपथसँग जोडिएको सटर र त्यसभित्रको घरमा उक्त समूहले आक्रमण गरेको हो। असुरक्षाका कारण खनालको परिवार केही महिनायता आफन्तकोमा बस्दै आएका छन्। दुईवटा चाँबी, सटर र च्यानल गेट समेत लगाएकाले आक्रमणकारीको प्रयास सफल नभएको खनालले बताए।

शोभाकान्तबाट पीडित अर्का अधिवक्ता युवराज कोइरालाले आक्रमण घटनामा शोभाकान्त र उनकै समूहको हात रहेको आशंका छन्।‘बालुवाटारको जग्गा प्रकरण उछालिएका बेला त्यसलाई निस्तेज बनाउन खोजिएको हुनसक्छ’ उनले भने, ‘यसमा राजनीतिक संरक्षण नभई यो ढंगको हर्कत हुनै सक्दैन।’ यो खबर कान्तिपुरबाट लिइएको हो।

बालुवाटार

विशेष