News

मध्यरातमा काठमाडौंको केशरमहलमा दुर्घटना, एकको मत्यु, एक गम्भीर घाइते

मध्यरातमा काठमाडौंको केशरमहलमा दुर्घटना, एकको मत्यु, एक गम्भीर घाइते

काठमाडौं । काठमाडौंको केशरमहल चोक नजिकै शुक्रबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार ना ३ ख ७५६१ नम्बरको रोकिराखेको टिपरमा बा ९२ प ६५६५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।

शुक्रबार राति साढे १२ बजेतिर भएको दुर्घटनामा स्कुटर चालक काठमाडौं बूढानीलकण्ठका सञ्जय ठकुरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको नेशनल अस्पताल कलंकीमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका ठकुरीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई राति नै नेशनल अस्पताल लगिएको थियो।

स्कुटर पछाडि सवार कलंकीका विशाल लुइटेलको ट्रमा सेन्टरमै उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटना

विशेष