News

स्वास्थ्यकर्मीद्वारा झुण्डिएर आत्महत्या

स्वास्थ्यकर्मीद्वारा झुण्डिएर आत्महत्या

सिमकोट । हुम्लामा स्वाथ्यकर्मीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्वर आचार्यले सदरमुकाम सिमकोटमा आएको बेला डिभिजन वन कार्यालयको माथिल्लो तलामा डोरीको पासो लगाए झुण्डिएर आत्महत्या गरेका हुन् । 

 
प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तीमगरका अनुसार २२ वर्षदेखि हुम्लाको रिप स्वास्थ्य चौकीमा सेवा प्रदान गर्दै आएका ५७ वर्षे आचार्यले शुक्रबार बेलुका साढे आठ बजे झुण्डिएर आत्महत्या गरेका हुन् ।  शवको तीन मिटर टाढैबाट हेर्दा घाउ चोट कतै केही पनि नदेखिएको र डोरीमा झुण्डिएको अवस्थामा शव रहेको डिएसपी मगरले जानकारी दिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ । घरका परिवारका सदस्यहरुलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ ।  

हुम्ला स्वास्थ्यकर्मी आत्महत्या

विशेष