विदेश

विकसित देश, अविकसित अन्धविश्वास         

राजु सुवेदी ‘कल्पित’

विकसित देश, अविकसित अन्धविश्वास         

तपाईं सडकमा हिँड्दै गर्नुस् कालो विरालोले बाटो काट्यो भने तीब्र गतिमा गुडिरहेका गाडी ठाउँका ठाउँ रोकिन्छन् । पैदलयात्री टक्क अडिन्छ । चाहे बुढा, युवा, बालबालिका सबै तह र तप्कामा यो रोग देखिन्छ । वास्तवमा अघोषित रुपमा अन्धविश्वास पुस्तान्तरण हुँदै गएको दृश्य हो यो । यसखाले रोग विश्वका विकसित भनिएका देशमा पनि देखिन्छ । तपाईं जुनसुकै देशका प्राय होटलहरुमा १३ नम्बरको कोठा नै राखिएको हुँदैन् । यहाँ केही देशमा रहेका चर्चित अन्धविश्वासका विषयमा यहाँ चर्चा गरिएको छ । 

इण्डोनेशियाको सुलावेसी आइल्याण्डमा बसोबास गर्ने टोराजन आदिवासी समुदायभित्र विचित्र परम्परा छ । उनीहरु मृत व्यक्तिको शबलाई वर्षेनी घर ल्याएर नुवाइधुवाई, पूजाआजा, नयाँ कपडा लगाइदिने गर्छन् । यसका लागि घरपरिवार गाउँले भेला हुन्छन् । परिवारका सदस्यले सेल्फी फोटो खिच्छन् । उत्सव मनाउँछन् । टोराजनबासी भौतिक रुपमा मानिसको अन्त्य भएको मान्दैनन् । मृत्यु जीवनको अर्को यात्रा हो । जीवन अन्त्य भएको मानिस भगवान भएर आफ्नो परिवार र गाउँलेलाई आशिर्वाद दिने उनीहरुको विश्वास छ । 

न्यूजिल्याण्डमो एक समाजमा मरेको व्यक्तिलाई हात खुट्टा बाँधेर ठूलो खाडलमा गाडिन्छ । यस्का पछाडि उनीहरुको यो विश्वास छ कि मरेको मानिस खाल्डोबाट निस्केर बाहिर आउन नसकोस् । 

क्यूवाका मानिस पूर्णिमाको उज्यालो रातलाई निक्कै खराव मान्छन् । त्यसैले उनीहरु चन्द्रमा लागेका बेला घरबाट बाहिर निस्कदैनन् । 
अफ्रिकीहरु मरेको सर्पको खोल (काँचुली) नवजात शिशुलाई छुवाउने गर्छन् । बालकलाई सर्पले आक्रमण नगरोस् भनेर उनीहरु यसो गर्छन् । 

अरवका मानिस ठूलो आँधीवेहरी आएमा घरबाट बाहिर निस्केर ठूलो ठूलो आवाज निकाली कराउँछन् । उनीहरुको मान्यता छ कि यसरी कराएपछि आँधीबेरी तुरुन्त रोकिन्छ । 

एर्शियाका मानिस काग घर नजिक आएर कराएमा त्यस घरमा कुनै व्यक्तिको मृत्यु हुन्छ भन्ने विश्वास छ । 

पेरुमा वर्षा गराउनका लागि कालो भेडालाई ठूलो मैदानको बीचमा राखिन्छ  । जबसम्म वर्षा हुँदैन तबसम्म सो भेडालाई त्यहाँबाट हटाइँदैन् । 

रुसी सेना नायक युद्धको बेला सानो घोडामाथि चढ्ने गर्छन् । 

अष्ट्रेलियाका मानिस चन्द्रमालाई जंगली जजनावरको रुपमा लिन्छन् । उनीहरु भन्दछन् कि सो जनावर कुनै अर्को जनावरकी स्वास्नीसंग प्रेम गर्दथी । दण्ड स्वरुप उसलाई घरबाट बाहिर निकालिएकाले चन्द्रमा सधैंभरि बाहिर घुमिरहन्छिन् । 

अंग्रेजी नारी घरको मुख्य ढोकाबाट कचौरा बाहिर निकाल्दैनन, यसको पछाडि उनीहरुको विश्वास छ कि यसो गरेमा घरकी लक्ष्मी पनि संगै बाहिर जान्छिन् । 

पेनबासीहरु जहाजमा चढ्नुभन्दा पहिले दाहिने खुट्टा राख्ने गर्दछन् । 

यूरोपियनहर यो विश्वास राख्छन् कि कुनै घरको छानोमा मौरीले चाका बनाउन लागेमा त्यस घरको मुख्य व्यक्तिको एक वर्षभित्र अवश्य मृत्यु हुन्छ । 

इटालियनहरु विश्वास गर्दछन् कि सर्पले कुनै माटोको ढिस्कोलाई कुण्डली मारेर बसेको भए सो थुप्रोभित्र अवश्य धन छ । 

इण्डोनेशिया न्यूजिल्याण्ड

विशेष