जहाँ सुन्दर महिला कुरुप बनाइन्छ
हरेराम यादव
जुन स्त्रीहरु कुरुप हुन्छन् , उनीहरु व्यूटीपार्लरमा गएर भए पनि आफूलाई सजाउँछन् । कुरुप शरीरको रुप परिवर्तन होस् र युवा हृदयको ढुकढुकी बन्न सकौं भन्ने उनीहरुको उद्देश्य हुन्छ । तर तपाईंलाई यो खबर सुन्दा विचित्र लाग्छ होला, जहाँ सुन्दर महिलाईलाई कुरुप बनाउनु परम्परा हो । भारतमा एउटा यस्तो ठाउँ छ, जहाँका बाबुआमा आफ्ना सुन्दर छोरीहरुलाई जानीजानी कुरुप बनाउँछन् । सुन्दर स्त्रीमाथिको यो अत्याचार त्यो समाजमा शताब्दीयौं देखि चलिआएको छ । त्यो समाजको सांस्कृतिक परम्पराअनुसार घरमा सुन्दर स्त्री जन्मनु नै सबैभन्दा ठूलो महापाप हो भन्ने विश्वास गरिन्छ । त्यसैले त्यहाँको समाजमा सुन्दर स्त्रीलाई अनौठा यातना दिएर भए पनि कुरुप बनाइन्छ ।
यस्तो अनौठो प्रथा भारतको अरुणाञ्चल प्रदेशमा बसोबास गर्ने ‘अपातानी’ आदिवासीमा प्रचलित छ । जब परिवारमा सुन्दर छोरी जन्मिन्छे र ऊ १२ वर्षकी हुन्छे, त्यसैबेलादेखि नै उसलाई कुरुप बनाउने काम शुरु हुन्छ । यस्तै अमानवीय प्रथाका कारण यी आदिवासीका घरमा सुन्दर युवती पाउनु भनेको हिमालमा यत्तिमानवको दर्शनजत्तिक्कै हुन्छ । अझ अनौठो त के छ भने जब यो समुदायका मानिस कुनै किशोरी या महिलालाई कुरुप बनाउने कोर्स पूरा गर्छन, समुदायमा ठूलो उत्सव शुरु हुन्छ । यसै उल्लासमय वातावरणमा कुरुप बनाउनुपर्ने सुन्दर स्त्रीलाई फूलमाला, गहना र श्रृंगार गरी मञ्चमा राखिन्छ । हेर्दाहेर्दै ती स्त्रीको नाक र कानको दुवै भागमा आगोमा पोलेको तामाको सिक्काले डामिदिन्छन् । पीडा सहन नसकेर युवती कराउन थाल्छे । तर, त्यति नै बेला खुशी मनाउन भेला भएकाहरुले जोड जोडले कराएर नाचगान गर्न थाल्छन् । वरिपरिको माहोलले चित्कार गरेकी युवतीको आवाज एकाएक दमित हुन्छ । त्यतिमै यसको अन्त्य हुँदैन् । फेरि उक्त युवतीको निधार र चिउँडोमा नीलो रंगले खोपी दिन्छन् । हेर्दाहेर्दै स्वाभाविक सौन्दर्य कुरुपमा अनुवाद हुन्छ ।
सुन्दर स्त्रीलाई किन कुरुप बनाइन्छ त ? त्यहाँ प्रचलित आख्यान यस्तो छ । कुनै समय यहाँका प्रत्येक युवती सुन्दर हुने गर्थे । आदिवासीहरुले आफ्ना सुन्दर छोरीहरुलाई फटाहाको अपहरण र बलात्कारदेखि बचाउनका लागि यो प्रथाको शुरुवात गरे । जुन प्रथा अहिले त्यो समाजमा संस्कृतिको रुपमा विकसित भएको छ । यो प्रथा शुरु भएपछि आवारा, फटाहाहरुले आदिवासीका सुन्दर छोरीहरुलाई अपहरण, बलात्कारदेखि बचाउन यो प्रथा शुरु गरे । जुन प्रथा अहिले त्यो समाजमा संस्कृतिको रुपमा विकसित भएको छ । यो प्रथा शुरु भएपछि आवारा, फटाहाहरुले आदिवासीका छोरीहरुलाई अपहरण र बलात्कार गर्न छोडेको विश्वास गर्छन् त्यहाँका स्थानीय ।
उनीहरुको रहनसहन पनि अन्य जातिको भन्दा फरक रहेको पाइन्छ । यो ठाउँमा सरकारी कानुन चल्दैन । आदिवासीको आफ्नै मौलिक कानुन छ । त्यो ठाउँमा कुनै युवतीको अपहरण अथवा बलात्कार भएको खण्डमा यिनीहरु सरकारी कानुनको मद्दत लिँदैनन् । उनीहरुको आफ्नै प्रकारको अदालत हुन्छ । यो अदालतले जे जस्तो सजाय तोक्छ, सोही बम्मोजिमको सजाय दिइन्छ । कतै टाढा कसैको हत्या भएको छ भने पनि यसको खबर प्रशासन पाउँदैन । यिनीहरु हत्याको बद्ला हत्या नै गर्ने गर्छन् । यदि कसैको भाइको हत्या भएमा मृतकको आफन्तले हत्या गर्नेको भाइ नै मारेर प्रतिशोध लिन्छन् । आश्चर्य लाग्छ, एक्काइशौं शताब्दीमा पनि कसरी यस्तो कुप्रथा अझै कायम छ ?
स्त्रीहरु कुरुप