News

५० वर्षमा १ सय ४५ विषयमा डिग्री

५० वर्षमा १ सय ४५ विषयमा डिग्री


काठमाडौँ । भारतको चेन्नईका एक प्रोफेसर बी.एन. पार्थिवानले ५० वर्षको उमेरमा १ सय ४५ वटा शैक्षिक उपाधि (डिग्री) हासिल गरेका छन् । ३० वर्षको अध्ययनको समयमा उनले १४५ उपाधि लिएका हुन् । उनले विज्ञान, व्यवस्थापन, प्रशासन, कानूनलगायतका विभिन्न तहका उपाधि हासिल गरेका छन् । उनले चेन्नइका विभिन्न कलेजमा १०० वटा भन्दा बढी विषय पढाउने गरेका छन् । 


बायोडाटामा उपाधिको यति ठूलो सूची हुँदा पनि पार्थिवान सन्तुष्ट भने छैनन् । उनी अझै उपाधि थप्नेतिरै अग्रसर छन् । मद्रासको एक साधारण परिवारमा जन्मिएका पार्थिवानले आफू जन्मिएको स्थानमा पढाइलाई विलासिता मान्ने गरिएको जानकारी दिए ।  उनले आफू कुनै अद्भूत क्षमताको नभएको पनि बताएका छन् ।

उनले आफू केही परीक्षाहरुमा असफल भएको पनि जनाएका छन् । उनका अनुसार उनी हरेक आइतबार या त कुनै पढाइको परीक्षामा बस्ने या त  रिसर्च पेपर लेख्ने गर्छन । उनका अनुसार उनले एउटा डिग्री हासिल गर्नासाथ उनले कानून विभागमा काम गरेका थिए । त्यहाँ परेको समस्याले उनले पाठ सिकेका हुन् ।

उनको प्रथम श्रेणी केही प्वाइन्ट अंकलेमात्र नपुगेकोले व्यहोर्नुपरेको समस्याबाट पाठ सिकेर उनी निरन्तर पढाईमा लागेको उनले बताएका छन् । यति धेरै डिग्री हासिल गरेपनि उनी गणित विषयमा भने डराउने गरेको बताएका छन् । 

श्रीमतीकै ९ विषयका डिग्री 
पार्थिवान मात्र होइन उनकी श्रीमती पनि पढाइमा लगाव राख्ने गर्छिन । एक बैंककी कर्मचारी उनले पनि ९ विषयमा डिग्री गरेकी छिन् । 

पार्थिवानका उपलब्धिहरु
 एमफिल तहका १२ वटा रिसर्च डिग्री
 स्नातकोत्तर तह कानून संकायका ८ वटा मास्टर अफ ल डिग्री 
 स्नातकोत्तर तह मानविकी संकायका १० वटा  डिग्री
 स्नातकोत्तर तह व्यवस्थापनतर्फका ८ वटा डिग्री
 स्नातकोत्तर तह विज्ञानतर्फका ३ वटा  डिग्री
 स्नातकोत्तर तहका व्यवस्थापन तथा प्रशासन तर्फका ९ वटा डिग्री । 

विशेष