छवि शिल्पा काण्ड रोचक मोडमा, जेठी श्रीमतीले दिइन उजुरी

छवि शिल्पा काण्ड रोचक मोडमा, जेठी श्रीमतीले दिइन उजुरी


काठमाडौँ । पछिल्ला केहीदिनदेखि एक अनमेल विवाह गरेका श्रीमान श्रीमतीको घरझगडाले मिडियाजगत् तातेको छ । ३ वर्षदेखि लिभिङ रिलेशनमा बसेर ५४ वर्षीया फिल्म निर्माता छविराज ओझाको चौथी श्रीमती बनेर ६ महिनाअघि भित्रिएकी २६ वर्षीय अभिनेत्री शिल्पा पोखरेलको रोइकराई र गनगनले मिडियालाई गज्जबकै मसला दिएको छ । हुन त यो उनीहरुको नितान्त व्यक्तिगत मामिला हो ।

 

तर दुवैले मिडियमा उत्रेर एकापसमा गालीगलौज र घरायसी झगडालाई छताछुल्ल पारेका थिए । अब भने उनीहरुको घरझगडामा अर्को रोचक मोड थपिएको छ । निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी दर्ता गराएकी छिन् । 


दुई सन्तान राजिव र महेशकी आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन्।

उनले अधिवक्ता स्वागत नेपाललाई साथ लिएर बहुविवाहको उजुरी गरेकी हुन् । छवि र शिल्पाबीच सम्बन्धविच्छेदको चर्चा चलिरहँदा बहुविवाहको उजुरी परेको हो । 
 

छवि ओझा शिल्पा पाेख्रेल शिल्पा

संम्बधित खबर

विशेष