प्रमाण हेर्दैै नहेरी ललितानिवासको जमिन व्यक्तिलाई न्यायाधीशले नै दिए
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गासम्बन्धी दुईटा मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रमाण र कागजात नझिकाई गरेको फैसला शंकाको घेरामा परेका छन् ।
ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा २०४९ र ०६७ सालमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा कानुन उल्लंघन भएको, भूमाफियाको चुंगलमा परेर सरकारी निकायले गलत निर्णय गरेको, मन्त्रिपरिषदले समेत कानुन उल्लंघन गरेको र असम्बन्धित निकायले मोही सम्बन्धी निर्णय गरेको दाबी गर्दै सबै निर्णय बदर हुनुपर्ने माग गरिएको थियो ।
सुनवाईका क्रममा विभिन्न न्यायाधीशको इजलासमा परेको उक्त मुद्दा पछि १ नम्बर न्यायाधीश पोखरेलले आफ्नो इजलासमा राखे । उनले रिट निवदेनमा माग गरिएका कागजात, प्रमाण र अन्य सान्दर्भिक विषयहरु झिकाएनन् । कमजोर आधार र धरातलमा टेकेर उक्त जमिन व्यक्तिको भएको फैसला गर्दै दुवै मुद्दा खारेज गरिदिए ।
कान्तिपुर दैनिकबाट