पोखरामा अन्नपूर्ण केबलकार विवाद : मुआब्जा नपाएसम्म निर्माण हुननदिने स्थानीय जग्गाधनीको अडान
कास्की । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो ।
गत पुस २९ गते शिलान्यास गरी सुरु गरिएको पोखरा महानगर पालिका बडा नं १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतको फैसला र स्थानीय जनताको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा।लि।ले उद्घोष गरेर काम थाले पनि प्रक्रिया नपु¥याएका कारण जटिलता सिर्जना भएको छ ।
अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ ।
शिलान्यासका क्रममा उद्यमी गुरुङले भनेका थियो, ‘पोखराका लागि अन्नपूर्ण केबलकार नयाँ पहिचान हुनेछ भने पर्यटन नगरी पोखरामा पर्यटन बढाउन यसले अपूर्व योगदान दिनेछ ।’ तर, यो उद्घोष स्थानीय नागरिकहरु सर्वोच्च अदालत पुगेपछि र सर्वोच्चले निर्माणाधीन केबलकार परियोजना तत्काल निर्माण नगर्न उत्प्रेषण आदेश दिएपछि बेकार नबन्ने त होइन भन्ने आशंका सिर्जना भएको छ । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।