News

आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन


काठमाडौँ । इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) को नेपालमा हुन लागेको १९ औँ संस्करणको अवार्ड वितरण कार्यक्रम रोक्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्मितामाथि आँच पुर्‍याउने भन्दै अवार्ड वितरण रोक्न सरकारलाई निर्देशन दिएको हो।

 

सिंहदरबारमा मंगलबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकले आइफा अवार्ड आयोजनाले नेपालको सांस्कृतिक स्थायित्व र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने निष्कर्ष निकालेको छ । 

 

बैठकमा नेपाली कांग्रेससहित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरु भीम रावल, अग्निप्रसाद सापकोटालगायतले अवार्ड नेपालमा आयोजना गर्ने सरकारको निर्णयको विरोध गरेका थिए।  

विशेष