News

छुट्टा-छुट्टै दुर्घटनामा, दुईको मृत्यु

छुट्टा-छुट्टै दुर्घटनामा, दुईको मृत्यु

सर्लाही । सर्लाहीमा भएका बेग्लाबेग्लै दुई दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ । दुवै जनाको मृत्यु ट्याक्टर दुर्घटनाबाट भएका हुन्।

जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेना गाउँपालिका–२, इनर्वा टोलमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । स्थानीय विजय रायको लु १ त ८३७० नम्बरको ट्याक्टरले किचेर रायकै १३ वर्षीय छोरा नितेशको घटनास्थलमै मृत्यु भएको हो । यो घटना आइतबार बिहानको हो ।

घर नजिक रहेको गोठमा पार्किङ गरेर राखिएको ट्याक्टर बालक आफैँले चलाएर खेतमा लानेक्रममा ट्याक्टर पल्टिएर किचेको प्रहरीले जनाएको छ ।

यस्तै, सदरमुकाम मलङ्गवामा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–४, स्थित गणेशीया नहरको पुलमा ज २ त ८५२ नम्बरको ट्याक्टरबाट खसेर मलङ्गवा नगरपालिका–३, बस्ने सिकिन्द्र रायका ८ वर्षीय छोरा मनिसकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना शनिबार साँझको हो।

मलङ्गवाबाट मोतिपुरतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि मलङ्गवा ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो ।

दुवै मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखी दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिं राठौरले जानकारी दिए ।

दुर्घटना

विशेष