News

व्यस्त प्रधानमन्त्रीले आज दुई बालक भेटे, गीत सुने अनि भाटभटेनीमा सपिङ गराए

व्यस्त प्रधानमन्त्रीले आज दुई बालक भेटे, गीत सुने अनि भाटभटेनीमा सपिङ गराए


काठमाडौँ । सचिवालय बैठकका लागि पूर्व माओवादी नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गनगनमा व्यस्त भैरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा गीत सुन्दै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारतीय टिभी रियालिटी शोमा दोस्रो र चौथो स्थान प्राप्त गर्ने बालकहरु प्रितम आचार्य र आयुष केसी भेटेर उनीहरुसँग गीत सुने ।

गीत सुनेपछि प्रधानमन्त्रीले प्रितम र आयुषहरुलाई राम्रो पढन र संगीतको साधनमा लाग्न सुझाव दिनुभएको थियो । प्रधानमन्त्रीले गायकद्धय प्रितम र आयुषलाई भाटभटेनीमा लगेर मन लागेको सपिङ गराइदिनुभएको भेटमा सहभागी चर्चित गायिका एवं राष्ट्रिय सभा सांसद कोमल ओलीले जानकारी दिनुभयो ।  


भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ मा प्रितम सेकेण्ड रनर अप बनेका थिए भने आयुष केसी चौथो बनेका थिए । भारतीय च्यानलमा भएको प्रतिस्पर्धामा उच्च स्थान हासिल गरेपनि केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्। 

विशेष