विप्लव समूहले कहाँबाट कति चन्दा असुल्ने योजना बनाएको छ ? पढौं 

विप्लव समूहले कहाँबाट कति चन्दा असुल्ने योजना बनाएको छ ? पढौं 

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असूल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । 

 

नेत्रविक्रम चन्द समूहको सो पार्टीले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगयातबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो । 


सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमशे तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो । 
नागरिक दैनिकबाट 
 

संम्बधित खबर

विशेष