News मनोरञ्जन

प्रियंकाको पनि आमाको जस्तै खराब बानी 

प्रियंकाको पनि आमाको जस्तै खराब बानी 

अहिले सामाजिक संजालमा भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा ट्रोल बनेकी छिन् । आफना पति निक जोनसँग फ्लोरिडामा बिदा मनाइरहेकी प्रियंका एउटा तस्बिरका कारण ट्रोल बनेकी हुन् । 

उनले हालै जन्मदिन मनाएकी थिइन । जन्मदिनका केही तस्वीर उनले सामाजिक सञ्जालमा शेयर पनि गरिन् । जन्मदिनमा उनले पार्टी दिएकी थिइन् । सो पार्टीमा उनले परिवारका साथ निकै रमाइलो गरिन । त्यही पार्टीमा रमाइरहेकी प्रियंका आफनै तस्वीरका कारण  ट्रोल मात्र होइन आलोचनको पनि शिकार बनिन् । 

प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले उनलाई ट्रोल बनाएको हो । उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन ।

उनकी आमा पनि चुरोटको शौखिन मानिन्छन् ।  प्रियंकाले यसअघि आफू दम रोगबाट पीडित भएको बताएकी थिइन् । दमको रोगी बताउने प्रियंकाले चुरोट पिउँदै गरेको भाइरल भएपछि उनलाई फ्यानले गालीसमेत गरेका छन । 

हाल प्रियंका फ्लोरिडामा मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन । 
 

विशेष