आँखा उपचारमा डा. रुइतको चामत्कारिक काम

आँखा उपचारमा डा. रुइतको चामत्कारिक काम


काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले डा. सन्दुक रुइतले नेपालमा आँखा उपचारका क्षेत्रमा चामत्कारिक काम गर्नुभएको बताउनुभएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले आँखा उपचारका लागि विश्वको अग्रणी संस्था स्थापना गरेर डा. रुईतले धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको बताउनुभयो । अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार डा. रुईतका कारण देख्न पाएको प्रधानमन्त्रीले बताउनुभयो । 

 

विश्व स्वास्थ्य संगठनले दियो समन्वय केन्द्रको मान्यता
कार्यक्रममा विश्व स्वास्थ्य संगठनले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रकारुपमा मान्यता दिएको जानकारी  दिइयो । आँखारोगको उपचारमा अस्पतालले ठूलो फड्को मार्न सफल भएको भन्दै आफ्नो समन्वय केन्द्र घोषणा गरेको हो ।

अस्पतालले ६० लाखको उपचार र चार लाख मानिसको आँखाको शल्यक्रिया गरेर ज्योति प्रदान गरिसकेको छ । 
अस्पतालमा हाल चीन, अर्जेन्टिना, मलेसिया, इन्डोनेसियालगायत दक्षिण एसियाका नेत्र चिकित्सकहरु मोतियाविन्दुसम्बन्धी अध्ययनका लागि तिलगंगा आँखा अस्पताल आउने गर्छन् ।

अस्पतालले आँखाको लेन्स उत्पादन गरी निर्यातसमेत गर्दै आएको छ । 
 

संम्बधित खबर

विशेष