विदेश विचित्र विश्व

विवाहमा २ अर्ब खर्च !

विवाहमा २ अर्ब खर्च !

एजेन्सी । भारतको उत्तराखण्डको अउली नगरको गुप्ता परिवारले आफ्ना छोराहरूको वैवाहिक कार्यक्रममा दुई अर्ब खर्च गरेका छन् । दक्षिण अफ्रिकी मूलका भारतीय व्यापारी अजय गुप्ता र अनिल गुप्ताका दुई छोराको बिहेमा सो रकम खर्च भएको भारतीय सञ्चार माध्यमले लखेको छन् । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

 

अजय गुप्ताका छोरा सूर्यकान्तको विवाह जुन १८ देखि २० सम्म भएको थियो भने अतुल गुप्ताका छोरा शशांकको विवाह २० देखि २२ जुनसम्म भएको थियो । वैवाहिक कार्यक्रमका क्रममा करिब तीन सय क्विन्टल फोहोर थुप्रिएकोे थियो । जोशी मठ नगर निगमका सफाइ कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित इलाका सफा गरिएको जानकारी दिए  । गुप्ता परिवारका सदस्य अजय गुप्ताले विवाहका क्रममा जम्मा भएको फोहोर सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगद निगमलाई भुक्तानी गरेका थिए ।

 

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाइ कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याबारे प्रतिवेदन बुझाउन आदेश दिएको छ । विवाह समारोहमा मुख्यमन्त्रीहरू, नायिका कट्रिना कैफ, योगगुरु बाबा रामदेवसमेतका विशिष्ट पाहुना सहभागी भएका थिए ।  

भारत विवाह

विशेष