भारतमा पर्खाल भत्किँदा १८ को मृत्यु, दर्जनौँ घाइते
महाराष्ट्रमा भारी वर्षाका बीच पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ। पर्खाल भत्किँदा मुम्बइमा १३ र पुणेमा पाँच जनाको मृत्यु भएको हो। मुम्बइमा भग्नावशेषमा परेर अन्य कैयौँ बेपत्ता भएको आशंका गरिएको छ छन् भने पुणेमा चार जना घाइते भएका छन्।
पुणेमा सोमबार राति करिब १ः१५ मा उक्त घटना भएको बताइएको छ। सूचना पाएलगत्तै उद्दारका लागि सुरक्षाकर्मी पेगका थिए। समाचारमा जनाइएअनुसार आधी रातमा सिंहगढ कलेज, अंबेगांवको पर्खाल पल्टिएको हो। जसको तल केही व्यक्ति दब्बिएका थिए। सोही क्रमा पाँच जनाको मृत्यु भएको थियो भने चार जनाको उद्दार गरी अस्पताल पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
मुम्बइको पूर्वी मलाड क्षेत्रको पिंपरीपाडामा भारी वर्षाका बीच पर्खाल पल्टिँदा १३ व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। यस घटनामा अन्य १३ जना घाइते भएका छन्। घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ। अझै पनि भग्नावशेषमा केही व्यक्ति पुरिएको आशंका गरिएको छ। उद्दार टोलीले भग्नावशेषमा दबिएका मानिसहरूको उद्दारको प्रयास गरिरहेको छ।
तीन दिनअघि पुणेमा भारी वर्षाका बीच पर्खाल ढल्दा चार बालबालिकासहित १५ जनाको मृत्यु भएको थियो।
मृत्यु पर्खाल