निर्मला पन्त हत्या प्रकरणमा राजनीतिकरण बढी भयो : गृहमन्त्री थापा

निर्मला पन्त हत्या प्रकरणमा राजनीतिकरण बढी भयो : गृहमन्त्री थापा


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिनुभएको छ । गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे  आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको घटनामा राजनीतिकरणको प्रयास बढी हुँदा अनुसन्धान प्रभावित बताउनुभयो । 


‘पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध त । यस कुरामा राजनीतिकरण बढी भयो । ’ गृहमन्त्री थापाको भनाइ थियो । 


उहाँले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न नेपाल प्रहरी ९७ प्रतिशतसम्म सफल भएको तथ्याङक पत्रकार सम्मेलनमा पेश गर्नुभयो । 

 

विप्लव समूहसँग निकट भविष्यमैँ वार्ता
गृहमन्त्री थापाले लामो समयपछिको राजनीतिक उपलब्धिको रक्षा गर्दै सङ्घीयतालाई थप सुदृढ बनाउन विप्लुव समूहबाट हुनसक्ने हिंसा नियन्त्रणमा सरकार लागेको स्पष्ट पार्नुभयो । उहाँले विप्लव समूहका हिंसात्मक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा हालसम्म ५०० भन्दा बढी त्यस समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।


गृहमन्त्री थापाले वार्ताकै माध्यमबाट समस्या समाधान हुने भएकाले सरकारले विप्लव समूहलाई वार्तामा आउन पटकपटक आग्रह गरेको तर विप्लव समूहबाट वार्ताका लागि कुनै किसिमको प्रस्ताव सरकारलाई नआएको स्पष्ट गर्नुभयो ।

 

पत्रकार सम्मेलनमा उहाँले अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल पनि गृहले अख्तियारमा बुझाएको जनाएको छ । 

संम्बधित खबर

विशेष