बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री
काठमाडौँ । बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुन्न भएको निर्वाचनमा विजयी भएसँगै जोन्सनलाई बेलायतको प्रधानमन्त्री बन्न बाटो खुलेको हो ।
जेन्सनले दलभित्रको नेतामा जेरेमी हन्टलाई पराजित गरे। विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् ।
जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाएका थिए। जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक विफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।