News

आज र भोलि कन्काई, कमला, बागमती नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह

आज र भोलि कन्काई, कमला, बागमती नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं : आज र भोलि कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायतमा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

'आज विहानको मापन अनुसार देशको प्रमुख तथा मझौला नदीहरू कोशी,  नारायणी, कन्काई, बागमती, कमला, पूर्वी राप्ती, बबई लगायतमा वहाब बढ्दो क्रममा छ भने कर्णाली र महाकाली लगायत यसका शाखा नदीहरूमा स्थिर छ तर सबै नदीहरुमा वहाब सतर्कता तहभन्दा तलै छ' महाशाखाले जारी गरिएको बुलेटिनमा भनिएको छ। महाशाखाले यी क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरेको छ।

त्यस्तै, केही शाखा नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने अनुमान महाशाखाको छ । प्रदेश १, २, ३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै, मनसुन न्यून चापिय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहुनका साथै बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक छ ।

'हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलि भई केही स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ र पश्चिमि भू-भागमा आंसिकदेखि सामान्य वदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ' महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ।

 

 

बाढी

विशेष