News

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ। सोमबार राति करिब १ बजे ट्रयाक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुरका २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ५ त ९०७९ नम्बरको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।  

साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन्। अनिलको बायाँ हातमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

दुर्घटना

विशेष