शोका क्रममा कमेडियन कलाकारको मृत्यु, दर्शकले अभिनय सोचेर बजाइरहे ताली
भारतीय मूलका एक स्ट्यान्डअफ कमेडियनको दुवैमा मृत्यु भएको छ। ३६ वर्षीय मन्जुनाथ नायडुको एक शोका क्रममा मृत्यु भएको हो।
उनले शोमा स्ट्यान्डअप कमेडी गरिरहेका थिए, शो दर्शकले खचाखच भरिएको थियो। त्यसै क्रममा भीडका अगाडि तनाव र बेचैनीका कारण मञ्चमै उनकी मृत्यु भयो। दर्शकले भने उनले अभिनय गरेको भन्दै ताली बजाइरहे।
खलीज टाइम्सका अनुसार मञ्जुनाथ नायडूलाई शोका क्रममा हृद्यघात भयो र सो कारणले उनको निधन भयो। पहिला उनले आफूलाई बेचैन भएको बताएका थिए र उनी बेन्चमा बसे। त्यसपछि उनी मञ्चमा लडे। त्यहाँ बसेका दर्शकलाई लाग्यो कि यो पनि कमेडीको एउटा पार्ट हो।
उनको जन्म अबुधावीमा भएको थियो। पछि उनी दुबईमा बस्दै आएका थिए। उनको मृत्युपछि उनका साथीहरू शोकमा परेका छन्। उनका एक साथी कमेडियन मिकदाद दोहदवालाका अनुसार उनको शो अन्तिममा थियो।
उनले मञ्चमा गएर आफ्ना कथाहरूले दर्शकलाई हसाउँन लागे। आफ्नो परिवार र बुवाको सम्बन्धका बारेमा कुरा सकेर उनले आफू कसरी तनाव र बेचैनीबाट गुज्रिए भन्ने सुनाइरहेका थिए। सोही क्रममा उनलाई हृदयघात भयो र उनी भुइँमा लडे। उनका साथीहरूका अनुसार दर्शकलाई उक्त घटना उनको अभिनयको एउटा भाग रहेको भन्दै मजाकको रूपमा लिए।
मृत्यु