News

गुल्मीको पहिरोमा परी ज्यान गुमाएका सबैको सनाखत

गुल्मीको पहिरोमा परी ज्यान गुमाएका सबैको सनाखत

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी गुल्मीका ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक कुसुङथलामा घर भत्किँदा २ जनाको मृत्यु भएको छ भने वडा ४ मा घर बगाउँदा ४ जनाको मुत्यु भएको छ ।

वडा नं ३ ठूलोलुम्पेक कुसुङथलामा राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० वर्षीय तिलकुमारी त्रामू, उनका छोरा १० वर्षीय दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए । यस्तै उनकी १२ वर्षीय छारी करिष्मा र १४ वर्षीय छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् ।

यस्तै, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा मृत्यु हुनेमा ३० वर्षीय पम्फु बिक, १२ वर्षीया अन्जली बिक, १० वर्षीय हेमन्त विक र २५ वर्षीया मंगली बिक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्दबहादुर खडकाले जानकारी दिए ।

यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राती घर बगाउदा रुद्ध बहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयले बताएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

अविरल वर्षा भइरहेका कारण प्रहरीको टोली घटना स्थलमा पुग्न सकेको छैन। बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पहिरो

विशेष