यी चिजहरु नखानुहोस, गुम्ला नी स्मरण शक्ति !
आफ्नो स्मरण शक्ति बढाउन र स्वस्थ जीवन यापन गर्न खानपिन सबैभन्दा बढी महत्वपूर्ण छ । यदि तपाई आफनो स्मरण शक्ति घटाउन चाहनु हुन्न र सधैं तेजिलो रहन चाहनु हुन्छ भने यी कुरा खाँदै नखानुस ।
बढी चिल्लो
बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ ितर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।
चुइङगम
चुइङगम चपाउनु कसलाई पो मन नपर्ला र ? तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।
कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर र्पुयाउने गर्दछ ।
नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।
जंक फुड
जंक फुडको सेवनले दिमाग र स्मरणशक्ति गुमाउनका साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछ ।
फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ ितर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन ियी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जान्छ ।
चिनी
गुलियो चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा समेत ह्रास आउने गर्दछ ।