News परिवार

पत्नीले यति कुरामा ध्यान दिए पति प्रफुल्ल, जीवनमा आनन्दै आनन्द

पत्नीले यति कुरामा ध्यान दिए पति प्रफुल्ल, जीवनमा आनन्दै आनन्द

पछिल्लो समय श्रीमान श्रीमतिबीचका झगडा बढी नै सार्वजनिक हुने गरेका छन् । यस्ता कतिपय झगडा त सामाजिक संजालमा ‘हट केक’ नै हुने गरेका छन् । श्रीमान श्रीमतिका लागि यो तनावको विषय भएपनि अन्यहरुका लागि मनोरञ्जन मात्र हो । 

जीवन सुखमय बनाउन श्रीमान र श्रीमति दुवै एक अर्काप्रति समर्पित हुन जरुरी छ । एक अर्काको भावनाको ख्याल गर्ने हो भने पारिवारिक जीवन निकै सुखी हुनेमा दुविधा छैन । अझ घरलाई सुन्दर बनाउन पति भन्दा पत्नीले बढी भूमिका खेल्न सक्छिन् । यसका लागि उनले केही कुरामा ध्यान दिए पुग्छ । ती बुँदा यस्ता छन् : 

-आफ्नो श्रीमानको कमजोरी पक्षहरु घरका व्यक्ति , माईती वा आफ्ना साथीसँग खोल्नु हुँदैन। हरेक दिन आफ्नो श्रीमानसँग सल्लाह गर्दा पहिले उसको मुड फ्रेश हुने खालका कुराहरु गर्न आवश्यक हुन्छ। महिलाले कुनै पनि परिस्थितिमा आफ्नो श्रीमानलाई  अन्य कुनै व्यक्तिसँग तुलना गर्नु हुँदैन।

–लामो समयसम्म शारिरिक सम्बन्ध राख्न नपाए पुरुषहरुमा तनाव बढ्ने हुँदा यसमा विषयमा उनीहरुको प्रस्तावलाई बुझ्ने प्रयास गर्नुपर्छ। यदि तपाई परिवारको सबै सदस्यसँग छलफलमा हुनुहुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्नुहोस्। पहिला आफू बोल्नु उचित हुँदैन। महिलाहरुले आफ्ना बालबच्चाको अगाडी कहींले पनि श्रीमानलाई गाली गर्नु हुँदैन। यसो गर्दा बच्चामा नकारात्मक असर पर्ने गर्छ। दुई जना बीच दिनभर भएका कार्य र तिनको उपलब्धि बारे एकअर्कालाई जानकारी गराऊन आवश्यक हुनेछ।

– कुनै पनि श्रीमतीले अरुको काम र सम्पति सँग आफ्नो श्रीमानलाई जोड्ने र यस्तो विषयमा कुरा उठाउने गर्नुहुँदैन। यसबाट उनीहरुमा नकारात्मक प्रभाव पर्ने र अनैतिक कार्यमा संलग्न हुन सक्ने हुँदा यस विषयमा विशेष ध्यान पुर्याउनु पर्छ। कुनै पनि बेला आफ्नो श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस।


 

विशेष