शिल्पा र छविलाई पक्राउ पुर्जी जारी
काठमाडौँ । पछिल्ला दिनमा घरझगडालाई लिएर एकअर्काको खेदो खनिरहेका जोडी निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले नेपाल आजलाई जानकारी दिनुभयो