ट्रली बस, बाँसबारी छालाजुत्ता जस्ता कम्पनी डुबाएर बुद्धि फिरेन, अब सुपरमार्केट खोल्ने तयारी
काठमाडौं । सिण्डिकेटवाला निजी व्यवसायी र ठेकेदारलाई चक्मा दिने खबर छ । तिनको ज्यादतीबाट आजित सरकारले बढीमा ती महिनाभित्र आफ्नै दुईवटा कम्पनी चलाउँदै छ । भाटभटेनीजस्तै सरकारी सुपरमार्केट चलाउने तयारी अन्तिम चरणमा पुगेकै बेला ठेक्का लिएर होल्ड गर्ने तर काम नगर्ने कालिका, पप्पु, रमणजस्ता खराब प्रवृत्तिलाई चिर्न सरकारले आफैले नयाँ कम्पनी खोलिसकेको छ ।
अब ठूल्ठूला ठेक्का तिनै कम्पनीमार्फत फत्ते गर्ने योजना छ । सिण्डिकेटधारी व्यापारी र ठेकेदारलाई तह लगाउने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्टार कार्यालयमा ‘खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ दर्ता गरेको हो । जसको अधिकृत पुँजी ३० अर्ब जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १ अर्ब १६ करोड छ ।
यस्तै हालै मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कम्पनी रजिष्टारको कार्यालयमा अधिकृत पुँजी १० अर्ब र जारी पुँजी ३ अर्ब रहेको पूर्वाधार निर्माण कम्पनी दर्ता गराएको छ । यसमा सात सदस्यीय सञ्चालक समिति रहनेछ ।
जनआस्था साप्ताहिकबाट