३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीश सिंह सेवाबाट बर्खास्त

३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीश सिंह सेवाबाट बर्खास्त

काठमाडौं : ३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई न्याय परिषद्ले सेवाबाट पदमुक्त गर्ने निर्णय गरेको छ। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

यस्तै, उच्च अदालत विराटनगरकै न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गर्ने निर्णय भएको छ। कार्यसम्पादन प्रक्रिया चित्तबुझ्दो नभएपछि दुई वर्षसम्मका लागि उनीहरुको बढुवा रोक्का गरिएको हो। यसअघि न्यायाधीशद्वय कार्की र सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो।

न्याय परिषद्

संम्बधित खबर

विशेष