News

बीना मगरको प्रिय मेलम्चीवाला कम्पनीले केन्यामा उच्च पदस्थ २७ लाई जेल पुर्‍यायो

बीना मगरको प्रिय मेलम्चीवाला कम्पनीले केन्यामा उच्च पदस्थ २७ लाई जेल पुर्‍यायो

यता मेलम्ची डुबायो उता अर्को देशमा पुगेर बहालवाला अर्थमन्त्रीसहित २७ जनाको 'जुलुश' लाई जेल पठायो।

संसारकै सानो र सुन्दर देश। जम्मा ४४ हेक्टर जमिन र आठ सय ४२ जनाको जनसंख्या छ भ्याटिक सिटीमा। इसाइ धर्मका प्रमुख पम्प्रदाय रोमन क्याथोलिकका सर्वोच्च धर्मगुरु पोपको थलो। मुसोलिनीले दोस्रो विश्वयुद्धताका हिटलरसँग मिलेर संसारमा जगजगी मच्चाएको इतिहास पनि यसैसँग जोडिन्छ। अहिले त्यो सानो देशको विस्तृत रूपमा इटालीको साइनो नेपालसँग गाँसिएको छ। इटालीसँग नेपालको नाता जोडिएको प्रकरण हो, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना।

यसअघि कहिले राजा त कहिले राष्ट्रपति सवार हुने नाममा नेपाली सेनाको आवरणभित्र अगुस्ता हेलिकोप्टर खरिद मामिला पनि इटालीसँग गाँसिएको थियो। राजा वीरेन्द्रकै पालामा प्रधानसेनापति प्रज्वलसमशेर राणाले आरजे १०० जहाज ल्याउन खोजे, राजपरिवारलाई चढाउने भन्दै। त्यो रोकिँदै आयो। पछि लोकमान अख्तियार प्रमुख हुँदा पावरले पेलेर आफ्ना सम्धी रोहिणी थपलियालाई ठेकेदार कायम गराइ हेलिकोप्टर ल्याइछाडे। त्यही हेलिकोप्टर खरिद प्रकणमा अर्बौँ घोटालाको अभियोसहित भारतीय वायुसेवा प्रमुख एसपी त्यागी जेलमा छन्। यतिबेला इटालीकै ठेकेदार कम्पनी सिएमसीले मेलम्चीको काम मात्रै छाडेन यहाँबाट भागेको उक्त कम्पनीले अफ्रिकी सुन्दर देश केन्या पुगेर अर्को वितण्डा मच्चाउन भ्याइसक्यो।

सिएसीलाई जसरी पनि ठेक्का दिने क्रममा घुसकाण्ड लागेर अस्ति सोमबार केन्याली अर्थमन्त्री हेन्री रोटिचसहित २७ जना गिरफ्तार भएका छन्। दुइटा ठूला बाँध निर्माणको ठेक्का प्रकरणमा उनीहरू पक्राउ परेका हुन्। करोडौँ डलरको जलविद्युत परियोजनामा सिएसीले हात हालेर काम बिग्रिएपछि त्यहाँ हलचल मच्चिँदा मन्त्री रोटिच, उनका निजी सचिव, केन्याली वातावरण प्राधिकरणका मुख्य कार्यकारी अधिकृतसहित शिकार भनेको बताइन्छ।

त्यहाँको इतिहासमा बहालवाला मन्त्री समातिएको पहिलो घटना हो। चार सय ५० मिलियन डलरको परियोजना थियो त्यो। मेलम्चीमा जस्तै पछि लागत बढाउँदै थप एक सय ६४ मिलियन पुर्‍याइएको थियो। यो खबर आजको जनआस्था साप्ताहिकबाट लिइएको हो।

 

सिमसी

विशेष